भारतले नेपाली गोलभेंडा आयातमा लगाएको प्रतिबन्ध हटायो

काठमाडौं: भारतले नेपालबाट गोलभेंडा आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले नेपालबाट गोलभेंडा आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरिएको जानकारी दिएकी हुन् ।

बिहीबार भारतको संसदमा सम्बोधन गर्दै उनले नेपालबाट गोलभेंडा आयातको प्रक्रिया थालिएको बताएकी थिइन् । नेपाली गोलभेंडा आयातमा लगाइएको प्रतिबन्ध फुकुवाबारे अर्थमन्त्री सितारमणले संसदमा जानकारी गराएको कुरा द इकोनोमिक्स टाइम्सले लेखेको छ ।

dashain shuvakamana
Discovery School

उनले नेपालबाट आयात हुने गोलभेंडा वाराणासी, कानपुर र लखनउमा शुक्रबारदेखि भित्रिन सुरु हुने बताएकी थिइन् । तर, नेपालको वाणिज्य मन्त्रालयले भने भारतले नेपालबाट गोलभेंडा लैजाने विषयमा कुनै औपचारिक जानकारी नआएको बताएको छ ।

मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपालबाट गोलभेंडा लैजानेबारे कुनै औपचारिक जानकारी नभएको दाबी गरे । भारतको प्लान्ट क्वरेन्टिन लिष्टमा नेपाली गोलभेंडा परेको भन्ने मात्रै जानकारी आएको उनले बताए । ‘भारतको प्लान्ट क्वरिन्टिन लिष्टमा नेपाली गोलभेंडा परेपछि अब भारतको आयात प्रतिबन्ध हट्यो,’ सचिव मरासीनिले भने, ‘तर, औपचारीक रुपमा कसरी ती वस्तु आयात गर्ने भन्नेबारे भारतले केही भनेको जानकारीमा छैन ।’

भारतमा कम वर्षातका कारण उत्पादनमा ह्रास आएपछि गोलभेंडाको मूल्य आकाशिएको छ । बिहीबार मात्रै देशका विभिन्न भागमा गोलभेंडाको मूल्य प्रतिकिलो २५० रुपैयाँ भारु पुगेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

गोलभेंडाको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेपछि भारतको लोकसभामा यसबारे प्रश्न उठेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार