छुटेका फर्म नविकरणको व्यवस्था मिलाउन उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमको माग, प्रदेश सरकार सकारात्मक

भक्तराज जोशी

धनगढी । उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश समितिले नविकरण गर्न छुटेका फर्महरुलाई नविकरण गर्ने व्यवस्था मिलाउन माग गरेको छ ।

मंगलबार उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश समितिका उपाध्यक्ष अनिल कुमार भोजनिया र कार्यकारी निर्देशक ज्योति भट्टको टोलीले यसतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।

वाणिज्य कार्यालयमा दर्ता भएका व्यवसायिक फर्महरु एक वर्ष भन्दा बढी समय नविकरण नभए ती फर्महरु हालको व्यवस्थाअनुसार पुनः नविकरण हुन पाउँदैनन् । तर केही व्यवसायीक फर्महरु प्राविधिक कारणले नविकरण गर्न छुटेको भन्दै उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश समितिले ती फर्महरु नविकरण गर्ने व्यवस्था मिलाइदिन अनुरोध गरेको छ ।

आफूहरुको मागप्रति प्रदेश सरकार सकारात्मक रहको महासंघका कार्यकारी निर्देशक ज्योती भट्टले बताएका छन् । भट्टका अनुसार आर्थिक मामिला मन्त्रालयका सचिव डा.नारायण प्रसाद रेग्मी उक्त समस्यमा समाधानका लागि संघिय सरकारका सम्बन्धित निकायका प्रमुखसँग टेलिफोन संवादसमेत गरिसकेका छन् । टेलिफोन संवादका क्रममा सचिव रेग्मीले फर्म निवकरणको विषयलाई प्राथामिकतामा राख्दै विशेष महत्वका साथ हेर्न समेत आग्रह गरेका थिए ।

संघका पदाधिकारी र सचिवबीचको भेटमा उद्योगी व्यवसायीका अन्य समस्या समाधानका विषयमा प्रदेश सरकारको भूमिकाका विषयमा पनि छलफल भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार