धनगढी: कैलालीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौरीगंगा नगरपालिका-८ की २३ वर्षीया अनिता चौधरी रहेको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका-८ बडैपुरमा बागमती प्रदेश ०३००१ ख १२७५ नम्बरको ट्रकले ठक्कर दिदा गम्भीर घाइते भएकी थीइन् । घाइते भएकी चौधरीको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक बासुदेव भट्टले जानकारी दिए ।
सोमबार मध्यरातमा घरबाट भागेकी चौधरीकोे मानसिक सन्तुलन ठीक नभएको प्रहरीले बताएको छ। प्रहरी निरीक्षक भट्टका अनुसार मध्यरातमा घरबाट निस्केकी चौधरीलाई ठक्कर दिएर ट्रक भागेको थियो । प्रहरीले सोमबार १२ बजेदेखि २ बजेसम्म पूर्वपश्चिम राजमार्गमा चलेका ट्रक नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा पत्ता लागेको थियो ।
ट्रक र चालक सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ बस्ने ३० वर्षीय होमबहादर रानामगरलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ घटनाको अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया दिनुहोस्