बाजुरामा भालुको आक्रमणबाट ३० बाख्रा मरे

बाजुरा: बाजुरामा भालुको आक्रमणबाट ३० बाख्रा मरेका छन् ।

बाजुराको हिमाली गाउँपालिका वडा न.१ टिनका वीरबहादुर बोहराका ३० बाख्रा भालुको आक्रमणमा परि मरेका छन् । बिहीबार दिउँसो गैरी पाटनको जंगलमा चरिरहेको वेला जंगली भालुले आक्रमण गरी मारेको हो । आक्रमणबाट २५ बाख्रा ठहरै रहेका छन् भने पाँच बाख्रा पनि सिकिस्त रहेको विच्छ्या प्रहरी चौकीबाट धनसिंह धामीले जानकारी दिएका छन् ।

पहिले दुई बाख्रा चड्कनी हानेर बाखाका आँखा झिकेर खाएको र पछि २८ बाख्रालाई सोही भालुले चड्कन हान्दै मारिफालेको स्थानीय दलवीर बोहराले बताए । भालु पीडित बोहराले भने आयस्रोतको प्रमुख माध्यम बाख्रा नै थिए ,वर्षौँ लगाएर पालेका बाख्राको बथानलाई एक दिनमै भालुले स्वाहा गरिदिएपछि गोठ रित्तियो। घनघोर जङ्गलमा चरिरहेका बाख्रामाथि भालु जाइलाग्दा व्यवसायबाट विमुख बनाएको उहाँको दुःखेसो छ।

गत वर्षपनि हिमाली गाउँपालिका एक नातिखोलाका दुई परिवारका एक सय बढी भेडाबाख्रा भालु आक्रमणबाट मारेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार