कञ्चनपुर: कञ्चनपुरमा पोखरीमा डुवेर ४ बर्षीय बालिकाको मृत्यु भएको छ।
कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–८ धारापानीका राजेश धामीको छोरी ४ वर्षीया अनु धामीको बिहीवार पोखरीमा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ।
खेलिरहेको अबस्थामा घर नजिकै रहेको माछा पोखरीमा चिप्लेर बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्