घाँटीमा खुकुरी राखेर लुटपाट गर्ने तीन जना पक्राउ

कञ्चनपुर: घाँटीमा खुकुरी राखेर लुटपाट गर्ने तीन जना पक्राउ परेका छन् ।

खुकुरीले डर देखाएर दक्षिण–पूर्व क्षेत्रको हुलाकी राजमार्गमा ओहोर–दोहोर गर्नेलाई लुटपाट गर्ने गरेको आरोपमा तीन जना युवा पक्राउ परेका हुन् ।

dashain shuvakamana
Discovery School

पक्राउ पर्नेहरुमा पुनर्वास नगरपालिका- ३ का २३ वर्षिय विजय गिरी र २५ वर्षिय माने तामाङ तथा पुनर्वास नगरपालिका- ६ का २१ वर्षिय राजी कोइराला रहेका छन् । हुलाकी राजमार्गमा ओहोर दोहोर गर्नेहरुलाई डर, धम्की देखाएर रकम असुली गर्दै आएको आरोपमा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको समूहले खुकुरी देखाएर मान्छेलाई लुटपाट गर्दै आएको इलाका प्रहरी कार्यालय, त्रिभूवनबस्तीले जानकारी दिएको छ । उनीहरुको साथबाट दुई थान मोटरसाइकलसमेत बरामद गरिएको प्रहरिले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार