श्रमजीवी पत्रकारका पक्षमा पत्रकार महासङ्घले आन्दोलन गर्ने

धनगढी । नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकारका पक्षमा आन्दोलन गर्ने भएको छ ।

श्रमजीवी पत्रकारका समस्याका विषयमा आयोजना गरिएको अन्तरक्रियामा पछिल्लो समय श्रमजीवी पत्रकारलाई विभिन्न सञ्चारगृहले न्यूनतम पारिश्रमिक नदिएको तथा सेवाबाट नै हटाउन थालेको उजुरी परेपछि महासङ्घ बाध्य भएर आन्दोलनमा उत्रिन लागेको जनाएको छ ।

Seti Hospital

श्रमजीवी पत्रकारका समस्या समाधान गर्न महासङ्घले यही साउन २६ देखि श्रम कार्यालयमा धर्ना दिने तथा भदौ १ गते पुराना सम्झौता कार्यान्वयन नभएका तथा श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चार प्रतिष्ठान घेराउ गरिने महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जानकारी दिएका छन्।

यसैगरी महासङ्घले श्रमजीवी पत्रकारको परिश्रमिकका लागि वार्ता, सम्वाद, कानुनी तथा घेराउका कार्यक्रमसँगसँगै लिएर अगाडि बढ्ने जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार