सप्तरीमा एक युवकको हत्या, एक गम्भीर घाइते

काठमाडौं: सप्तरीमा तिलाठी कोइलाडी गाउँपालिकामा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ। सँगै एक युवक गम्भीर घाइते अवस्थामा भेटिएका छन्।

तिलाठी कोइलाडी–७ मंसापुरस्थित भित्री सडकको एक खाल्डोमा सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वाका २१ वर्षीय तिर्कनारायण मण्डलको शव फेला परेको सप्तरी प्रहरीका सूचना अधिकारी डीएसपी नरेशकुमार सिंहले जानकारी दिए।

Seti Hospital

उनीसँगै हनुमाननगर कंकालिनी नगरपालिका–११ का २५ वर्षीय अजय मण्डल गम्भीर घाइते अवस्थामा भेटिएका छन्। उनीहरूलाई प्रहरीले शुक्रबार बिहान साढे ६ बजेको समयमा फेला पारेको हो।

घाइते मण्डलको उपचार राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भइरहेको सिंहले बताए। घटनाबारे अनुसन्धान थालेको प्रहरी जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार