कैलालीसहित यी जिल्लाका नदीमा बाढीको जोखिम

धनगढी: मौसम पूर्वानुमान महाशाखाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू भारी वर्षाको सम्भावना रहेकोले सावधानी अपनाउन अनुरोध गरेको छ।

पछिल्लो तीन घण्टायता मकवानपुर, चितवन, तनहुँ, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बर्दिया, कैलाली र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । उल्लेखीत जिल्लाका साना खहरे खोलामा आकस्मिक बाढी र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

Dengue

उक्त जिल्लाहरुमा वर्षाका कारण राजमार्ग अवरुद्ध हुन सक्ने सम्भावना रहेकाले यात्रा गर्दा सतर्कता अपनाउन पनि महाशाखाले सचेत गराएको छ । यसैबीच, तिनाउ नदी बाढी मापन केन्द्र बुटबलमा जलसतह खतराको तहभन्दा निकै माथि पुगेको छ। तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानमा हुनेहरू दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा जान महाशाखाले अनुरोध गरेको छ ।

हाल दाङको बागासोती, लालमाटिया, घोराही, शुक्रबारे, भालुबाङ, लमही, रातामाटा र प्युठानको बिजुवार, मारीखोला, हंसपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको भएको छ। राप्ती र बबईको साना नदी, दाङ र प्युठानको खहरे खोलामा एक्कासि बाढी आउनसक्ने भएकाले सतर्क रहन महाशाखाले भनेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरू चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज दिउँसो कोशी, मधेस, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार