काठमाडौं: मंगलबार सुनको मूल्य बढेको र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा एक लाख १२ हजार २००, तेजावी सुनको मूल्य एक लाख ११ हजार ६५० र चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम भएको छ ।
सोमबार एक लाख १२ हजार रुपैयाँमा छापावाल सुन, एक लाख ११ हजार ४५० रुपैयाँ तेजावी सुनको कारोबार भएको थियो । यस्तै, सोमबार चाँदी १४ सय ६० रुपैयाँ तोलामा खरिद बिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्