अपर चमेलिया जलविद्युत आयोजनाको उद्घाटन

दार्चुला: चमेलिया जलविद्युत आयोजनाको सोमवार उद्धघाटन गरिएको छ । दार्चुलाको मार्मा गाउँपालिकामा निर्माण गरिएको ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको विधिवत् रूपमा उद्घाटन गरिएको छ ।

निजी क्षेत्रको लगानीमा निर्माण सम्पन्न भएको अपर चमेलिया जलविद्युत् आयोजनाको सफल परीक्षण भएपछि सोमबार उद्घाटन गरिएको हो ।

Dengue

गत शुक्रबारबाट परीक्षण गरिएको अपर चमेलियाको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी र मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। मार्मा गाउँपालिका– १ किमगडामा रहेको बाँधबाट ६ किलोमिटर तल वडा नम्बर–२ को घट्टेगाडमा रहेको पावरहाउसमा पानी खसालेर परीक्षण सुरु गरिएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार