काठमाडौं । बालबालिका पानीमा डुब्ने घटना रोकथामका लागि अभिभावकले विशेष ध्यान दिनु पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
वर्षायाममा वा आँधीबेरी आउने बेलामा खोला, नदी, ताल आदिमा बाढी आउन सक्ने भएकोले यस्तो अवस्थामा बालबालिका तथा सबै उमेरका व्यक्तिले शतर्कता अपनाउनु पर्ने मन्त्रालयले बताएको छ ।
बालबालिकाहरू पानीमा हुँदा वा पानी वरपर हुँदा अभिभावकहरूले उनीहरूको निरन्तर निगरानी गर्नुपर्नेमान मन्त्रालयको जोड छ ।
“पौडी खेल्ने बेलामा वा अरु कुनै पानीमा गरिने गतिविधिहरू गर्दा बालबालिकाका साथै सबै उमेरका पौडी खेल्न नजान्ने व्यक्तिहरूले लाइफ ज्याकेट अनिवार्य प्रयोग गर्नुपर्छ,” मन्त्रालयले भनेको छ ।
प्रतिक्रिया दिनुहोस्