सोमबार पनि घट्यो सुनको भाउ

काठमाडौँ: सोमबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला तीन सय रुपैयाँ घटेको हो।

Dengue

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ।

आइतबार प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १४ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार