कैलालीको गेटाबाट लागुऔषधमा संलग्न दम्पती पक्राउ

धनगढी: कैलालीमा लागुऔषधमा संलग्न एक दम्पती पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले गोदावरी नगरपालिका–५ गेटा बस्ने २० वर्षीया अनिता राना र उनको श्रीमान २४ वर्षीय अन्तराम रानालाई पक्राउ गरेको जनाएको छ।

Seti Hospital

घरमा लुकाएर राखिएको लागुऔषधसहित राना दम्पतिलाइ प्रहरीले आइतवार पक्राउ गरेको हो।

घरमा खानतलासी गर्ने क्रममा उनीहरू सुत्ने कोठामा राखिएको प्लाष्टिकको जेब्रा झोलामा २ ग्राम लागुऔषध खैरो हिरोईनसहित पक्राउ गरिएको प्रहरीले जनाएको हो। दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

dhangadhi Add
Ban karyalaya

समबन्धित समाचार