बैतडीका ९५ प्रतिशत घरधुरी अझै दाउरामा निर्भर

बैतडी: बैतडीमा अझै पनि ९५ प्रतिशत घरधुरी दाउरामा निर्भर रहेको पाइएको छ।

जिल्लाको १० स्थानीय तहका ८४ वडामा रहेका ४५ हजार १९१ घर धुरीमध्ये ९५ प्रतिशत घरधुरीले परम्परागत धुवाँ निस्कने चुलोमा दाउराको प्रयोग गरेर खाना पकाउने गरेको तथ्याङ्क सार्वजनिक भएको हो।

Dengue

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको विपत् पूर्वतयारीसम्बन्धी तथ्याङ्क पुस्तिका अनुसार ९५ प्रतिशत घरधुरी खाना पकाउन दाउरामा निर्भर रहेका छन्। ८० प्रतिशत घरहरू ढुङ्गा र गारोले बनेका कच्ची संरचनामा छन्। त्यस्तै ४५ हजार घरधुरीमध्ये १३ हजार घरधुरीमा मात्र विद्युतको पहुँच पुगेको छ ।

३२ हजार घरधुरी अझै अँध्यारोमा छन । ९५ प्रतिशत घरधुरीले परम्परागत धुवाँ निस्कने चुलोमा दाउराको प्रयोग गरेर खाना पकाउने गरेको तथ्याङ्क सार्वजनिक भएको हो ।

नेपाल सरकारले परम्परागत ऊर्जा खपतको अनुपातलाई सन् २०३० सम्ममा ३० प्रतिशतमा झारेर सुधारिएको चुलो, विद्युतीय चुलो र एलपी ग्यासको उपयोगमा वृद्धि गर्ने लक्ष्य राखेको छ। तर, यो बैतडीमा पूर्णतया लागू भएको छैन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार