डोटीमा शिवशिखर सहकारीविरुद्ध ८ सय १८ उजुरी

डोटी: शिवशिखर सहकारी संस्थाले आफूहरुलाई ठगेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा आठ सय १८ जनाले उजुरी दिएका छन् ।

दिपायलको पिपल्लामा शाखा कार्यालय रहेको सहकारीमा उजुरी दिएकाहरुले ६ करोड ४० लाख ६२ हजार नौँ सय ९० रुपैयाँ ठगिएको दाबी गरेका छन् ।

Dengue

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक युवराज भण्डारीका अनुसार उजुरी आउनेक्रम निरन्तर छ । अहिले उजुरी लिने काम मात्रै भएको र थप प्रकृयाका लागि पछि केन्द्रबाट आउने आदेश अनुसार हुने उहाँको भनाई छ । प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाका सहायक प्रहरी निरीक्षक धिरेन्द्र धामीका अनुसार अहिलेसम्म आएका उजुरीमा सबैभन्दा धेरै १२ लाख ४५ हजार ठगीएको उजुरी छ ।

भक्तुपरको कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका देशभर ३५ जिल्लामा शाखा रहेका छन् । बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार रहेका शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परीसकेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार