कैलालीमा चितुवाको छालासहित २ जना पक्राउ

धनगढी: कैलालीमा चितुवाको छालासहित २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिका–२ घर भएका ६५ वर्षीय देवसिंह बिष्ट र बैतडीकै पाटन नगरपालिका–८ बस्ने ३० वर्षका हर्क बहादुर बिष्ट रहेका छन्। उनीहरुलाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीको संयुक्त टोलीले कैलालीको गोदावरी नगरपालिका–२ रिङरोडबाट पक्राउ गरेको हो।

Dengue

प्रहरीले उनीहरुको साथबाट ६ फिट ११ इन्च लम्बाइ र २ फिट ४ इन्च चौडाइ भएको चितुवा छाला बरामद गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार