दार्चुला भन्सारमा लक्ष्यभन्दा दोब्बर राजस्व संकलन

दार्चुला । दार्चुला भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यभन्दा दोब्बर राजस्व असुली गरेको छ । कार्यालयले आव २०७९/८० मा रु १९ लाख ६८ हजार लक्ष्य राखेकामा त्यसको दोब्बर बढी राजस्व असुली गरेको हो ।

गत आवमा रु ४० लाख ८१ हजार चार सय दुई अर्थात् एक सय सात दशमलव ३८८ प्रतिशत राजस्व सङ्कलन भएको दार्चुला भन्सार कार्यालय दार्चुलाका कार्यालय प्रमुख शिवचन्द्र प्रसादले जानकारी दिएका छन् ।

Dengue

उनले प्रत्येक वर्ष विभिन्न कारण राजस्वमा ह्रास आउने गथ्र्यो भन्दै गत आर्थिक वर्षमा भने लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन गर्न सफल भएको बताए । गत आर्थिक वर्षको फागुन महिनामा सबैभन्दा बढी र कात्तिक महिनामा सबैभन्दा कम राजस्व उठेको छ ।

दार्चुलामा मूल भन्सार कार्यालय स्थापना भएदेखि राजस्वमा वृद्धि भएको यो पहिलोपटक हो । पछिल्लो समय नागरिक करको दायरामा आउँदा राजस्वमा वृद्धि भइरहेको कार्यालय प्रमुख प्रसादले बताए । यस्तै कार्यालयले चालु आवमा रु ५० लाख ६९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको उनले जानकारी दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार