कान्तिपुर टिभीले बन्द गर्‍यो सन्दीप क्षेत्रीको कार्यक्रम ‘ह्वाट द फ्लप’

काठमाडौं: कान्तिपुर टिभी एचडीले प्रसारण गर्दै आइरहेको कार्यक्रम ‘ह्वाट द फ्लप’को उत्पादन तथा प्रसारण रोकिएको छ । टेलिभिजनले बिहीबार सूचना जारी गर्दै महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण पूर्णतः रोकिएको जनाएको छ ।

गत असार २३ गते शनिबार प्रसारित उक्त कार्यक्रमको एपिसोडमा अभिनेता पल शाहसँग होस्ट सन्दीप क्षेत्रीले अन्तर्वार्ता लिएका थिए । उक्त अन्तर्वार्तामा महिलालाई मजाकको विषय बनाइएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । आलोचनापछि कान्तिपुर टिभीले उक्त एपिसोडलाई हटाएको थियो ।

Dengue

बिहीबार जारी सूचनामा कान्तिपुर टेलिभिजनले ‘ह्वाट द फ्लप’को ठाउँमा चाँडै नै उत्कृष्ट कार्यक्रम ल्याउने जनाएको छ । अभिनेता समेत रहेका होस्ट क्षेत्रीले सञ्चालन गर्दै आएको यो कार्यक्रम पटक-पटक विवादमा पर्दै आएको छ । यसअघि मधेशी समुदायलाई मजाक गरेको भन्दै व्यापक विरोध समेत भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार