नेपालले युएईलाई ३ विकेटले पराजित गर्यो

काठमाडौं । एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई ३ विकेटले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको युएईले नेपाललाई जितका लागि एक सय ५८ रनको लक्ष्य दिएको थियो । नेपालले युएईको चुनौती २३ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो ।

Dengue

श्रीलङ्काको कोलोम्बोस्थितपी सारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५७ रनको योगफल बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले अर्धशतक बनाए । उनी ७१ रन बनाएर आउट भए । रोहित पौडेलले ९, गुल्सन झाले ११, सन्दीप जोराले २४ र देव खनालले २४ रन बनाए । ओपनर अर्जुन साउद शून्य रनमा आउट हुँदा पवन सराफ पनि शुन्य रनमै आउट भए ।

पहिले ब्याटिङ गरेको युएईका लागि लभप्रित सिंहले ८२ बलमा छ चौका र एक छक्काको मद्दतमा ५२ रनको योगदान दिए । त्यस्तै इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ तथा आरयान्स शर्माले १४ रन बनाए ।

बलिङतर्फ नेपालका लागि कुशल भुर्तेल एक्लैले छ विकेट लिए भने श्याम ढकालले दुई विकेट झारे । त्यस्तै कुशल मल्ल र पवन सर्राफले समान १÷१ विकेट लिए । समूह बी मा रहेको नेपालको आज समूहचरणको आफनो अन्तिम खेल हो । नेपाल र युएई समूह चरणबाट बाहिरीइ सकेका छन् । आजको खेल प्रतिस्ठाको लागि मात्रै हो ।

नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग चार विकेटले र दोस्रो खेलमा भारत ‘ए’ सँग नौ विकेटले पराजित भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार