सेयर बजार ११ अंक बढ्यो, कारोबार रकम घट्यो 

काठमाडौँ : बुधबार सेयर बजारको परिसूचक नेप्से ११.१७ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २१६५ अंकमा कायम भएको छ । कारोबार भइहरहँदा नेप्से ११:२१ बजे न्यूनतम २१४२ अंकसम्म घट्यो भने १: ०१ बजे उच्चतम २१७४ अंकसम्म पुगेको थियो ।

परिसूचक बढ्दा कारोबार रकम भने अघिल्लो दिनको तुलनामा करिब २० करोड घटेको छ । दिनभर कुल ३ अर्ब ३४ करोड रुपैयाँको धितोपत्र कारोबार भयो । कुल ७३ कम्पनीको मूल्य बढ्दा १३१ को घट्यो भने १३ को स्थिर रहृयो ।

Dengue

यस दिन पनि नेप्सेको वृद्धिमा बैंकिङ र ब्यापार उपसमूहले सबैभन्दा बढी योगदान दिएका छन् । बैंकिङ उपसमूह २.३१ प्रतिशत र व्यापार ४.८ प्रतिशतले बढे । अंकका आधारमा बैंकिङ २९, विकास बैंक ४९, उत्पादन ६६ र व्यापार १२८ अंक बढे । फाइनान्स १८, होटल तथा पर्यटन ३७, जलविद्युत् १९, जीवन बीमा ४८, माइक्रोफाइनान्स २०, निर्जीवन बीमा १ र अन्य उपसमूह १५ अंक घटे । बीपीडब्लू लघुवित्तको मूल्य १० प्रतिशत बढ्दा विशाल बजार कम्पनीको ७ प्रतिशत बढ्यो ।

युनाइटेड अजोड इन्स्योरेन्सको मूल्य ६.५ र बोटलर्स नेपाल तराईको मूल्य ६ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा युनाइटेड अजोड, एनआईसी एसिया बैंक, शिवम्, फर्स्टमाइक्रोफाइनान्स र हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार