कमैया मुक्ति दिवसको अवसरमा कैलालीका ४ पालिकामा सार्वजनिक बिदा

धनगढी । कैलालीका ४ पालिकामा आज सार्वजनिक बिदा दिइएको छ ।

कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा कमैया मुक्ति दिवसको अवसरमा ४ पालिकाले आज सार्वजनिक बिदा दिइएको हो ।

Dengue

पालिकादेखि लिएर स्वास्थ्य संस्था, विद्यालयमा बिदा गरिएको पालिकाले सार्वजनिक गरेकोे सूचनामा उल्लेख छ । नेपालमा बन्धुवा मजदुरका रूपमा काम गर्दै आएका कमैयालाई तत्कालीन सरकारले २०५७ साल साउन २ गते मुक्त भएको घोषणा गरेको थियो । कमैया बस्नेमा थारु समुदायका व्यक्ति थिए । मुक्त कमैयाहरू कैलालीसहित कञ्चनपुर, बर्दिया, बाँके, दाङ लगायतका जिल्लामा रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार