साँफेबगर नपामा जग्गा कित्ताकाट सुरु

मङ्गलसेन: साँफेबगर नगरपालिकामा जग्गाको कित्ताकाट सुरु गरिएको छ । स्थानीय भू–उपयोग परिषद्ले आफ्नो क्षेत्राधिकारभित्रका जग्गाको भू–उपयोग क्षेत्र वर्गीकरण गरेपछि मालपोत कार्यालयले नयाँ आर्थिक वर्ष सुरु भएसँगै कित्ताकाट प्रारम्भ गरेको हो ।

नगरपालिकाले आफ्नो क्षेत्रभित्रको जग्गा कृषि र गैरकृषिमा वर्गीकरण गरेर कित्ताकाटका लागि मालपोत कार्यालयमा सिफारिस गरेपछि कित्ताकाट सुरुवात गरिएको मालपोत कार्यालय अछामका प्रमुख शिवराज ढुङ्गानाले जानकारी दिनुभयो ।

Dengue

जग्गालाई कृषि र गैरकृषिमा गरेर आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी–खोला, ताल सिमसार, सार्वजनिक र सांस्कृतिक तथा पुरातात्त्विकमा वर्गीकरण गरिएको छ । नगर क्षेत्रमा रहेको ४७.५२ वर्गकिलोमिटर जग्गा विभिन्न क्षेत्रमा वर्गीकरण गरिएको बताइएको छ । कित्ताकाट खुलेसँगै तोकिएको स्थानको जग्गाको भागबण्डा, किनबेच र बैङ्किङ कारोबारमा सहजता आएको स्थानीयको भनाइ छ । “एकघरका दाजुभाइको जग्गा भागबण्डा हुन सकेको थिएन, अब सहज हुने भएको छ,” कार्यालय प्रमुख ढुङ्गानाले भन्नुभयो । स्थानीय तहका प्रमुख वा अध्यक्षको संयोजकत्वमा स्थानीय भू–उपयोग परिषद् गठन गरेर जग्गाको वर्गीकरण गर्ने प्रावधान रहेको छ । स्थानीय तहले जग्गाको वर्गीकरण गरेपछि मात्र कित्ताकाटको काम हुने बताइएको छ ।

मङ्गलसेन नगरपालिका, बान्नीगढी जयगढ गाउँपालिका र पञ्चदेवल विनायक नगरपालिकाले पनि जग्गा वर्गीकरणको काम अघि बढाएको छ । “मङ्गलसेन र विनायकका मेयर सा’बले कित्ताकाटका लागि अनुरोध गर्नुभएको छ, प्रक्रिया पुगेर आएमा हामी काम गरिहाल्छौँ भनेको छु,” उहाँले थप्नुभयो । गोरखापत्र

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार