हवाई भाडामा पनि भ्याट, ६ प्रतिशतले महँगो हुने

काठमाडौं: मूल्य अभिवृद्धि कर (भ्याट) लाग्दा हवाई भाडादर करिब ६ प्रतिशतले महँगो हुने भएको छ। सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत हवाई भाडामा मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेको थियो।

साउन १ गतेबाट लागू हुने गरी हवाई भाडामा भ्याट लगाइने वायुसेवा सञ्चालक संघले विज्ञप्तिमार्फत जानकारी दिएको छ। हाल आन्तरिकतर्फ नियमित उडान गर्दै आएका वायुसेवा कम्पनीहरूले फ्युल रिचार्ज, विमानस्थल सेवा शुल्क र हवाई भाडादरलाई गाभेर शुल्क लिँदै आएका छन्।

अब हवाई भाडादरमा १३ प्रतिशत भ्याट पनि जोडिने भएको छ। १३ प्रतिशत भ्याट जोडिँदै हवाई भाडा सरदरमा ६ प्रतिशतले महँगो हुने यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

अहिले बुद्ध, यती, सौर्य, श्री, गुण, तारा, सीता, समिटलगायत वायुसेवा कम्पनीले आन्तरिक उडान भर्दै आएका छन्। बाह्य उडानको हकमा पनि हवाई भाडामा १३ प्रतिशत भ्याट जोडिनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार