परराष्ट्रमन्त्री साउद थाइल्याण्ड प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग लिन आज थाइल्याण्ड प्रस्थान गरेका छन् ।

मन्त्री साउदको नेतृत्वको प्रतिनिधिमण्डल आज दिउँसो थाइ एयरवेजबाट बैंकक प्रस्थान गरेको मन्त्रालयले जनाएको छ । उनले सोमबार बिम्स्टेकका परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा सहभागी भई मङ्गलबार स्वदेश फर्कनेछन् । परराष्ट्रमन्त्री साउदले भ्रमणका क्रममा बिम्स्टेक क्षेत्रका आफ्ना समकक्षीसँग साझा हितका विषयमा समेत कुराकानी गर्ने बताइएको छ ।

Dengue

बिमस्टेक सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्रमा हस्ताक्षर गरी स्थापना भएको एक क्षेत्रीय सङ्गठन हो । प्रारम्भिकरूपमा यो सङ्गठन ‘बिम्स्टेक’ (बङ्गलादेश–भारत–श्रीलङ्का–थाइल्याण्ड आर्थिक सहयोग) का रूपमा थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार