दार्चुला: दार्चुलामा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ।
घर नजिकै मेलामा घाँस काटिरहेको अवस्थामा माथिबाट खसेको ढुंगा टाउकोमा लागेर होपरीस्थित कसाडमेलाकी ५० वर्षीया सीतादेवी ठगुन्नाको मृत्यु भएको हो । मेलामा घाँस काट्ने क्रममा शुक्रबार भीरबाट खसेको ढुंगा टाउकोमा लागेर उनको घटनास्थलमै मृत्यु भएको हो।
मृतक सीताका पति, छोरा, बुहारी र नातीनातिना छन् ।
प्रतिक्रिया दिनुहोस्