भारतबाट बढेर आयो डिजेलको मूल्य, पेट्रोलको घट्यो

काठमाडौं । भारतबाट डिजेलको मूल्य बढेर र पेट्रोलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

निगमले शनिबार साँझ प्राप्त गरेको १५ दिनको मूल्यअनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ ।

Dengue

अब सोही मूल्यका आधारमा निगमले उपभोक्ता मूल्य घट्ने वा बढ्नेबारे निर्णय गर्नेछ । भारतीय आयल कर्पोरेसन आइओसीबाट प्राप्त नयाँ मूल्यपछि निगम १५ दिनमा ५० करोड रुपैयाँ नाफामा पुगेको छ ।

आइओसीबाट प्राप्त भएको नयाँ मूल्यपछि सञ्चालक समिति बैठक बसेर नेपालमा नयाँ मूल्यबारे निर्णय गर्ने निगमको तयारी छ । त्यसपछि मात्रै देशभरको इन्धनको नयाँ मूल्य तय हुन्छ ।

निगम सञ्चालक समिति बैठक आइतबार बस्दैछ । पछिल्लो पटक गत १८ असारमा निगमले इन्धनको मूल्य समायोजन गरेको थियो । जसअनुसार पेट्रोलको मूल्य काठमाडौं उपत्यका क्षेत्रमा प्रतिलिटर १६७।५० पैसा, डिजेल र मटीतेलको १४७ रुपैयाँ ५० पैसा तोकिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार