बजेटको प्रेसरः सडकमै गाडी छोडेर सुदूरपश्चिमका मुख्यमन्त्री अर्थमन्त्रीसँग भागे !

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारलाई बजेट पारित गर्न यतिबेला सकस परेको छ । शनिबार दिउँसो ३ बजे बजेट पारित गर्नका लागि बोलाइएको बैठक दलहरुको विरोधपछि बस्न सकेको छैन । पहिलो पटक पाँच बजेका लागि बोलाइएको बैठक दोस्रो पटक ७ बजेसम्मका लागि सारिएको थियो । तर अझैसम्म पनि बैठक बैठक बस्न सकेको छैन ।

यसैबीच सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह प्रदेशसभाबाट बाहिरिएका छन् । आफु चढ्ने गाडी र सुरक्षाकर्मीलाई बाटोमै छाडेर उनी टाप कसेका हुन् ।

Dengue

मुख्यमन्त्री शाह प्रदेशसभा अगाडि सडकमै गाडी छोडेर अर्थमन्त्री नरेशकुमार शाहीको गाडीमा बाहिरिएका हुन् । उनीसँगै नेकपा (एकीकृत समाजवादी) का नेता दीर्घ सोडारी पनि बाहिरिएका छन् ।

बजेटप्रति असन्तुष्टी जनाउँदै प्रमुख प्रतिपक्षी दल एमाले, राप्रपा र स्वन्तत्र सांसदले प्रदेशसभा बैठक बहिष्कार गरिरहेका छन् । बैठक अझैसम्म पनि सुरु हुन सकेको छैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार