कहिले बन्छ चौराहा-विशालनगर जोड्ने यो सडक ?

धनगढी । बर्खायाम सुरु भएसँगै धनगढीबासीलाई सँधै डुबानको चिन्ताले सताउँछ । अझ धनगढी उपमहानगरपालिका वडा नम्बर १, २ र ३ का नागरिक डुबानको समस्याबाट खास प्रभावित हुने गरेका छन् । त्यसैमाथी सामान्य झरी पर्दा पनि हिलाम्य हुने सडकका कारण नागरिकहरु दिनहुँ सास्ती भोग्न बाध्य छन् ।

अहिले धनगढी उपमहानगरपालिका ३ को चौराहदेखि विशालनगर जोड्ने रोड हिलाम्य बनेको छ । सामान्य झरी पर्दा पनि सडकको दुर्दशाका कारण अहिले चौराह विशालनगर सडक हिँडिनसक्नु छ । झण्डै सय बढी पसलहरु रहेको उक्त सडक हिलाम्य भएपछि निकै सास्ती भएको स्थानीयहरुको गुनासो रहेको छ ।

Dengue

यसै पनि यो सडकको दुर्गती हरेक वर्ष यस्तै हुनेगर्छ । तर, हरेक पटकको बर्खायाममा नागरिकले हदैसम्मको सास्ती खेप्नुपरेको भए पनि स्थानीय तहको ध्यान भने जान सकेको छैन ।

‘यो समस्या अहिलेको मात्र होइन, वर्षौंदेखिको हो, हरेक वर्ष बर्खायाममा यो सडक यसरी नै हिलाम्य हुन्छ’, एकजना स्थानीयले भने, ‘हरेक वर्ष यो सडकको स्तरोन्नतीका लागि वडा कार्यालय, नगरपालिका पुगका छौँ तर आजसम्म सुनुवाई भएको छैन, हरेक वर्ष हामीले यही समस्या झेल्दै आएका छौँ ।’

त्यस्तै सामान्य झरीका कारण हिलाम्य भएको उक्त सडक अलि ठूलो पानी परे पूर्ण रुपमा डुबान हुने स्थानीयले बताएका छन् । मुख्य सडकमै पानी जमेर हिलाम्य भएपछि व्यापार व्यवसायमा समेत धक्का पुगेको व्यापारीहरुले बताएका छन् । तर हरेक वर्ष सडक सुधारका नाममा स्थानीयले तहले उक्त सडकमा ग्राबेल हालेरै मात्र झारो टार्ने काम गरिरहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार