कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिला घाइते

कञ्चनपुर: कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । बाघको आक्रमणमा परी बेलौरी नगरपालिका– ९ कुण्डाकी २५ वर्षीया विन्दु डगौरा घाइते भएकी हुन् ।

बिहीबार सहकर्मीसँगै पटपुरा टिप्नका लागि गाउँदेखिको उत्तर जंगल गएकी डगौरालाई बाघले आक्रमण गरेको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वनको सीमा क्षेत्रमा बाघले डगौरालाई आक्रमण गरेको स्थानीयले बताए ।

Dengue

आठ–दशजना महिला सँगसँगै पटपुरा टिप्नका लागि जंगल गएको र एक्कासि उनलाई बाघले आक्रमण गरेपछि अन्य महिलाले होहल्ला गरेपछि बाघ भागेको थियो । ‘बाघले सुरुमै विन्दुलाई नै आक्रमण गरेको र ‘त्यसपछि अन्य महिलाले होहल्ला गरेपछि बाघ भाग्यो, उनीहरू घाइतेलाई लिएर घर आए ।’

विन्दुको स्थानीय बेलौरीकै अस्पतालमा उपचार हुन नसकेपछि धनगढी रिफर गरिएको छ । बाघको आक्रमणमा परेर विन्दुको आँखा र टाउकोमा चोट लागेको छ । अहिले धनगढीको नवजीवन अस्पतालमा उनको उपचार भइरहेको उनको परिवारका एक सदस्यले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार