धनगढीमा झण्डै ५४ हजार मूल्यका अवैध सामान बरामद

धनगढी। धनगढीमा झण्डै ५४ हजार मूल्यका अवैध सामान बरामद गरिएका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ बाट सशस्त्र प्रहरी बल नेपाल प्रस्ताविक सीमा सुरक्षा गुल्म त्रिनगरले सुर्तीसहित अवैध सामान बरामद गरेको हो।

Dengue

सशस्त्र प्रहरी बलका अनुसार बिहिवार बिहान धनगढी उपमहानगरपालिका वडा नम्बर २ बाट ५३ हजार आठ सय ५० रुपैयाँ मूल्य बराबरका सुर्ती तथा लेडिज सुटहरु बरामद गरिएको हो। सशस्त्र प्रहरी सहायक निरीक्षक चेतेन्द्र मल्लको कमाण्डमा रहेको सात जनाको पैदल गस्ती टोलीले अवैध बेवारिसे अवस्थामा भन्सार छलीको सामान बरामद गरेको हो। बरामद गरिएका सामानका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार