१५ किलो सुन र तीन करोड भारतीय रुपैयाँ सहित नेपाली पक्राउ

धनगढी: भारतबाट नगद र सुन चोरेर आएका तीनजना नेपाली आज तिकुनीयाँबाट पक्राउ परेका छन । भारतीय प्रहरीले उनीहरुको साथबाट ३ करोड भारतीय रुपैयाँ र १५ किलो सुन बरामद गरेको छ ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–८ कर्मीडाँडाका शंकर साउँद र उनकी श्रीमतीका साथै बर्दियाका एक चौधरी थर भएका व्यक्ति रहेको अनुमान गरिएको छ । उनीहरुले भारतको हरियाढणा भन्ने ठाउँबाट चोरी गरेर आएको बताईएको छ ।

Dengue

सशस्त्र प्रहरी सिमा सुरक्षा बल खक्रौलाका डिएसपी जंग कुँवरले तिकुनीयाँको बसपार्कबाट नेपाली पक्राउ परेको भन्ने सुन्नमा आएको भएपनि विस्तृत जानकारी प्राप्त नभएको बताए । उनले घटनाका बारेमा भारतीय पक्षसँग सोधपुछ भैरहेको जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार