धनगढी: कैलालीको धनगढीमा लागुऔषध कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–८ धनगढी गाँउबाट ४ ग्राम ५ सय मिलिग्राम लागुऔषधसहित शनिवार दिउँसो दुई जनालाई प्रहरीले पक्राउ गरको हो ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ का १९ वर्षीय रन्जीत राना र २० वर्षीया युवती पुष्पा राना हरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले दुबै जनालाई लागूऔषधसहित पक्राउ गरेको हो ।
प्रतिक्रिया दनुहोस्