ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं: ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लोकहरि घिमिरे र ध्रुवप्रसाद अर्याल रहेका केन्द्रीय अनुसन्धान ब्यूरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

Dengue

एसएसपी आचार्यले दिएको जानकारी अनुसार अर्याल तत्कालीन नापी कार्यालय काठमाडौंका सर्वेक्षक हुन् । उनी ललिता निवासको जग्गा नाप जाँचमा खटिएका थिए ।

यस्तै घिमिरे भने समरजंग कम्पनीका प्रमुख हुन् । थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार