गायक तथा अभिनेता रविन तामाङको आज अन्त्येष्टि गरिँदै

काठमाडौं । गत मंगलबार आफ्नै घरमा मृत फेला परेका गायक तथा अभिनेता रविन तामाङको आज अन्त्येष्टि गरिँदै छ ।

तामाङ परम्परा अनुसार स्वयम्भूमा अन्तिम संस्कार गरिने रविनको व्यवस्थापन समूहका आशिष पराजुलीले जानकारी दिए ।

Dengue

त्यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि रविनको पार्थिव शरीरलाई आज बिहान नक्शालस्थित संगीत तथा नाट्य एकेडेमी नक्शालमा राखिने छ ।

रविनका दुई छोरीहरु छन् । उनीहरु फ्रान्समा बसोबास गर्ने भएकाले नेपाल आइपुग्न समय लागेकाले आज अन्त्येष्टि गर्न लागिएको हो ।

मंगलबार बेलुका तामाङ बुढानीलकण्ठ चिसेनीस्थित निवासमा मृत भेटिएका थिए । प्रारम्भिक पोस्टमार्टम रिपोर्टमा उनको मृत्यु मुटुको समस्याले भएको हुन सक्ने जनाइएको छ ।

रविन एण्ड द न्यु रिभोलुसनका गायक समेत रहेका ६० वर्षीय तामाङले पछिल्लो समय फिल्ममा समेत अभिनय गर्दै आएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार