बार्दलीका कारण विवादमा रबि 

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछाने पुन: विवादमा तानिएका छन । आफ्नी पत्नी निकिता पौडेलले घोषणा गरेको नारी टिभिको प्रसारणमा सघाउन बाजुरा पुगेका रबि पुरानो घरको बार्दली बाट हात हल्लाएको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएका हुन् ।

रास्वापाका केन्द्रिय सदस्य समेत रहेका डडेल्धुराका दिपक बोहोराको फेसबुकमार्फत सार्वजनिक भएको उक्त भिडियोमा रबि बाजुराको एक पुरानो घरको बार्दलीमा जुत्तैसंग पुगेको देखिन्छन । उक्त घरको बार्दलीमा पुगेपछि उनले तल रहेका आफ्ना साथी तथा पार्टिका कार्यकर्तालाई हात हल्लाउछ्न । 

Dengue

दिपक बोहोराले सार्वजनिक गरेको उक्त भिडियोको क्याप्सनमा लेखिएको छ- ‘देश बुझ्न देशका दुर्गम गाउँमा पुग्ने पर्छ, २०३२ सालमा बनेको बाजुरा जिल्लाको एउटा पुरानो घरको बार्दलीबाट ।’

हुन त रविको उक्त भिडियो हेर्दा सामान्य नै लाग्छ । तर सोहि भिडियो सामाजिक संजालमा भाइरल हुनुका साथै धेरै उक्त भिडियोलाई स्टन्तबाजीको संघ्या दिएका छन ।  यतिसम्म कि धेरैले उनको यो स्टन्टबाजीले गरिब परिवारको अवस्थामाथि मजाक गरेको आरोप लगाएका छन् ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार