कञ्चनपुर–कमला सडकमा नयाँ प्रविधिको पुल निर्माण गरिने

कञ्चनपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको कञ्चनपुर–कमला सडकमा नयाँ प्रविधिमा आधारित रहेर पुल निर्माण गरिने भएको छ । पुलको माथिल्लो भाग (बिम) निर्माणस्थलमा नबनाई प्रयोगशालामै बनाउने गरी नयाँ प्रविधिको प्रयोग गर्न लागिएको हो ।

नेपालमा समान्यतया पुल बनाउँदा त्यसको सबै भाग निर्माणस्थलमा नै बनाउने गरिएकामा नयाँ प्रविधिका रुपमा प्रयोगशालामा बनाएर ल्याएर जडान गर्न लागिएको कञ्चनपुर–कमला सडक योजनाले जनाएको छ। सो योजनाका लागि ऋण सम्झौता हुनु पहिले एसियाली विकास बैंकसँग प्राविधिक हस्तान्तरणका विषयमा छलफल भएको थियो ।

Dengue

सोही आधारमा नयाँ प्रविधिको प्रयोग यो योजनामा गर्न लागिएको कञ्चनपुर–कमला सडक योजना पश्चिमका प्रमुख नारायणदत्त भण्डारीले बताए । यो सडकको पूर्वी र पश्चिम दुवै खण्डका सबै पुलमा यही प्रविधिबाट गर्न लागिएको उनले बताए । उनले भने, ‘गुणस्तर र समय बचतका हिसाबले यस्ता पुलहरु हाम्रा लागि उपयोगी छन् ।’

पुलको माथिल्लो भाग भारतमा बनाइएकामा कतिपय बनिसकेर ल्याइएको र कतिपय बनिरहेको उनले बताए । नालाहरु बनिरहेको र त्यसलाई ल्याएर राखिने उनले बताए । पुलमा प्रयोग गरिएको यो प्रविधिलाई ‘प्रि कास्ट ब्रिज’ भनिन्छ । निर्माणस्थलमा नै सबै निर्माणको काम गरिने प्रविधिलाई ‘कास्ट इन सिटु’ भन्ने गरिएको छ ।

नयाँ प्रविधिबाट पुल बनाउँदा बढी गुणस्तरीय बनाउन सकिने उनले बताए । बिम प्रयोगशालामा बनाउने हुँदा गुणस्तर राम्रो हुने प्रमुख भण्डारीको धारणा छ । उनका अनुसार प्रयोगशालामा हुँदा आवश्यकताअनुसार केके चाहिन्छ र कति चाहिन्छ त्यहीअनुसार हुन्छ भने निर्माणस्थलमा काम हुँदा कामदारको भर पर्नुपर्ने हुन्छ । उनले भने, ‘सबैको मात्रा मिल्ने हुँदा गुणस्तर कायम गर्न सकिन्छ ।’

समय बचतका हिसाबले पनि ‘प्रि कास्ट ब्रिज’ महत्त्वपूर्ण मानिन्छ । व्यस्त सडकमा निर्माणको समय बढी लाग्ने हुँदा यसलाई उपयुक्त मानिन्छ । एकातिर निर्माणस्थलमा जग बनिरहँदा अर्कातिर प्रयोगशालामा बन्ने र एकै पटक काम हुँदा समय कम लाग्ने प्रमुख भण्डारीले बताए ।

हाल नेपालमा प्रयोगमा रहेको प्रविधिमा निर्माणस्थलमा जग बनेपछि मात्रै फर्मा हाल्नुपर्ने र त्यसपछि ढलान गरेर पुल निर्माण गरिने उनले बताए । ढलान सेट हुन कम्तीमा २८ दिन लाग्छ र त्यसपछि बल्ल माथिको काम गर्न सकिन्छ। ‘प्रि कास्ट’ बाट गर्दा ती सबै कुरा हट्ने उनले बताए ।

उनले भने, ‘जग, पिलर हुनासाथ बिम ल्याएर हाल्न सकिने हुन्छ ।’ योजनाको पूर्वी खण्डमा सानाठूला गरी २९ र पश्चिम खण्डमा पर्ने २५ पुल रहेका छन् । सन् २०२२ को अक्टोवरमा सुरु भएको योजनाको अवधि आगामी अक्टोवरसम्म रहेको छ । रासस

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार