कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ

धनगढीः कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलाबाट ९८० मिलिग्राम लागुऔषधसहित दुई जना शुक्रबार राति पक्राउ परेका छन्। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी गस्ती टोलीले टीकापुर नगरपालिका–१ का २८ वर्षीय बिनोद चौधरी र वडा नम्बर ३ का २६ वर्षीय लंक चौलागाई लागुऔषधसहित पक्राउ परेका हुन्।

दुबै जनालाई एक थान मोटरसाइकलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार