काठमाडौं: अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत अवस्थामा भेटिए छन्। उनी काठमाडौं रातोपुलस्थित घरमा मृत फेला परेका काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।
एसपी रिजालका अनुसार उनलाई बिहीवार राति ११ बजे घरको पहिलो तलाको भर्याङमा झुण्डिएको अवस्थामा फेला पारिएको थियो।
उनका परिवारका अन्य सदस्य घटनाको समय घरमा थिएनन्। सबैजना विवाहको पार्टीमा गएका थिए।
उनको शव अहिले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । हालसम्म मृत्युको कारणबारे केही जानकारी नभएकोले घटनाको बारेमा थप अनुसन्धान भैरहेको छ।
उनले रानी, मेरी मामु, इन्टु मिन्टु लण्डनमा जस्ता फिल्ममा अभिनय गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्