अघिल्लो दिनकै अंकमा सम्हालियो नेप्से

काठमाडौँ: बिहीबार सेयर बजारको गिरावट अन्तिम समयमा सम्हालिएको छ । सवा १ बजेतिर २०३३ अंकमा झरेको नेप्से परिसूचक अन्ततः बन्द हुँदा भने हिजोकै अंक २०४९ मा कायम भयो । अघिल्लो दिनको तुलनामा परिसूचक जम्मा ०.०६ अंक मात्रै घटेको हो । त्यस्तै परिसूचक मात्रै नभई कारोबार रकम पनि अघिल्लो दिनकै जति ३ अर्ब ७ करोडको भएको छ ।

कुल ९० कम्पनीको मूल्य बढ्दा २२७ को घट्यो भने ८ को स्थिर रह्यो । बैंकिङ ३, फाइनान्स १, माइक्रोफाइनान्स ७, निर्जीवन बीमा २२, अन्य ५ अंक घटे । उत्पादन ३१, विकास बैंक ८, जीवन बीमा १०, जलविद्युत् २१, होटल तथा पर्यटन ८० अंक बढे ।

Dengue

सिटी होटल र रावा इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । माथिल्लो तामाकोसी र जोशी हाइड्रोको मूल्य ९ प्रतिशत बढ्यो । मोदी इनर्जीको मूल्य भने १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, प्रभु बैंक संस्थापक, हिमालयन लाइफ इन्स्योरेन्स, सिटी होटल र सोल्टी होटल क्रमशः अगाडि रहे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार