कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु

धनगढी । कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कैलारी गाउँपालिका–७ को रामपुरका अन्दाजी ४५ को गणेश चौधरीको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Dengue

बुधबार नदीमा डुबेर बेपत्ता भएको चौधरी बिहीबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिए । रोपाइँ गर्न गएका चौधरी स्थानीय कटैनी नदीमा डुबेका थिए ।

स्थानीयको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरेर बिहीबार शव भेटाएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार