शुक्लाफाँटामा चिनियाँ बकुल्ला फेला

महेन्द्रनगर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र झिलमिलामा चिनियाँ बकुल्ला फेला परेको छ । बेल्डाँडी गाउँपालिकाको झिलमिलामा आइतवार सो बकुल्ला फेला परेको हो ।

चरा अनुगमनको क्रममा संरक्षणकर्मी एवम् नेपाल पंछी संरक्षण सङ्घका हिरुलाल डङ्गौराले चिनियाँ बकुल्ला फेला परेको बताए । सुदूरपश्चिममा पहिलो पटक चिनियाँ बकुल्ला देखिएको उनको भनाइ छ ।

Dengue

उनका अनुसार नेपालमा यो तेस्रो पटक फेला परे पनि सुदूरपश्चिममा पहिलो पटक हो । नेपालमा पहिलो पटक गतवर्ष चितवनमा चिनियाँ बकुल्ला भेटिएको थियो । आसकोटे बकुल्ला, वस्तु बकुल्ला, मझौला सेतो बकुल्ला र सानो सेतो बकुल्लाको समूहमा धान खेतमा चरिरहेको अवस्थामा चिनियाँ बकुल्ला भेटिएको चराविज्ञ डङ्गौराले जानकारी दिए ।

प्रजनन समयमा बाहेक आसकोटे बकुल्लाझैं देखिने चिनियाँ बकुल्ला टाउको, छाती र घाँटीमा हुने कटुसे रङले पहिचान हुनेगर्छ । मुख्यतः चीन, दक्षिण कोरिया र जापानको रैथाने यो बकुल्ला नेपालका लागि फिरन्ते प्रजाति रहेको जनाइएको छ ।

चिनियाँ बकुल्ला भेटिएसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने चरा प्रजातिको सङ्ख्या ४६१ पुगेको छ । नयाँ चराको आगमन र अभिलेखले शुक्लाफाँटाको सिमसार र वनजङ्गल चराहरुको लागि महत्वपूर्ण रहेको पुष्टि भएको डङ्गौराको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार