सुदूरपश्चिममा भयावह हुँदै लागुऔषध दुर्व्यसनी, विद्यालय-विद्यालयमा सचेतना फैलाउँदै प्रहरी

बैतडी । लागुऔषधविरुद्ध जिल्ला प्रहरी कार्यालयले सचेतना अभियान सञ्चालन गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाभरिका विद्यालयमा सचेतना कक्षा सञ्चालन गरिएको हो । जिल्लाका सबै विद्यालयमा गएर विद्यार्थीलाई लागुऔषधविरुद्ध सचेतनामूलक कक्षा सञ्चालन गर्दैआएको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिएका छन् ।

लागुऔषधविरुद्धको अभियानका बारेमा विद्यार्थीको धारणा बुझ्ने र लागुऔषधका क्रियाकलापमा संलग्न नहुन सचेत गराउन अभियान थालिएको खत्रीको भनाई छ ।

Dengue

विद्यार्थी असल सेवक बन्न सकुन, कुसल राष्ट्रसेवक र नेतृत्वकर्ता बन्न सकुन र सभ्य समाज निर्माण गर्न सकुन भन्ने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताएका छन् । पछिल्लो समय लागुऔषध प्रयोग गर्नेको सङ्ख्या बढ्दै गइरहेको छ । ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढी छ ।

प्रहरीको अभियान अहिलेको समयमा आवश्यक रहेको सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार