अवरुद्ध महाकाली लोकमार्ग सुचारु

दार्चुला । गएरातिको वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध बनेको दार्चुलाको महाकाली लोकमार्ग सुचारु भएको छ। सो लोकमार्गको खलङ्गा–गोकुलेश्वर सडक खण्ड अन्तर्गत पनेबाजमा पहिरो गएपछि अवरुद्ध बनेको थियो ।

सडक माथिबाट खसेको पहिरो पन्छ्याएपछि लोकमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

सडक सुचारु भएसंगै दार्चुला सदरमुकाम जाने र दार्चुला सदरमुकामबाट अन्यत्रका लागि छुटेका सवारी साधन र यात्रुहरु गन्तव्यतर्फ लागेका प्रहरी निरीक्षक सिंहले बताए ।

बर्षातको समयमा महाकाली लोकमार्ग अन्तर्गत खलंगा–गोकुलेश्वर खण्डको पनेबाजमा बेलाबेलामा पहिरो खस्ने गर्दछ । पहिरोका कारण बेलाबेला सडक अवरुद्ध हुँदा समस्या हुने गरेको यात्रुहरुले बताएका छन् ।

मंगलबार बिहानैदेखि सडक डिभिजन कार्यालय पाटन बैतडीले पहिरो पन्छ्याउने काम गरेपछि लोकमार्ग सुचारु गरिएको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार