सहिद दशरथ चन्दको १२१ औँ जन्मजयन्ती मनाइयो 

बैतडी । सहिद दशरथ चन्दको जन्मस्थान बस्कोट र बैतडी सदरमुकाममा १२१ औँ जन्मजयन्ती मनाइएको छ । सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानको आयोजनामा चन्दको जन्मघर बस्कोटस्थित सालिकमा माल्यार्पण गरी जन्मजयन्ती मनाइएको हो । सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बस्कोट र सदरमुकाम गढीस्थित सहिद चन्दको सालिकमा माल्यार्पण गरी जन्मजयन्ती मनाइएको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलगायत सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो । दशरथ चन्दको जन्म विसं १९६० असार १७ गते बस्कोटमा पिता शेरबहादुर चन्द र आमा पार्वती चन्दको कोखमा माइला छोराका रूपमा भएको थियो ।

Dengue

तत्कालीन राणा सरकारले १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभाभगवतीमा गोली हानि मृत्युदण्ड दिएको थियो । राणा शासनका विरोधीमा सबैभन्दा सशक्त व्यक्तित्व सहिद चन्दले मानविकी तथा समाजशास्त्र विषयमा वनारसबाट प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार