यूएईविरुद्ध नेपाललाई पहिलो सफलता, दोस्रो बलमै करणले लिए विकेट

जिम्बाब्बेमा जारी आईसीसी विश्वकप छनोट(२०२३ को प्लेअफमा यूएईविरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ ।

टस हारेर पहिले ब्याटिङ गरिरहेको यूएईले पहिलो विकेट गुमाएको छ । नेपालका करण केसीले पहिलो ओभरको दोस्रो बलमै यूएईको विकेट लिएका हुन् । ०.२ ओभरमा करणले आसिफ खानलाई शून्य रनमै पभिलियन फर्काएका हुन् ।

Dengue

हरारेको टाकासिंगा स्पोर्ट्स क्लबको मैदानमा नेपालले टस जितेर सुरुमा यूएईविरुद्ध बलिङ रोजेको हो । नेपालले बलिङ रोजेपछि यूएईले सुरुमा ब्याटिङको निम्तो पाएको हो ।नेपाल र यूएईबीचको विजेताले सातौँ स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि गत शुक्रबार भएको पहिलो प्लेअफमा अमेरिकालाई आयरल्यान्डले पराजित गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार