प्रहरी हिरासतबाटै फरार दुई प्रतिवादी पक्राउ

प्रहरीको हिरासतबाटै फरार भएका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। बर्दियाको ढोढरी इलाका प्रहरी कार्यालको हिरासतमा रहेका दुई प्रतिवादी शुक्रबार (असार १५) बिहान ६ बजेर १० मिनेटमा भागेका थिए।

बर्दियाकै मधुबन नगरपालिका–५ का अजय नेपाली र राजा नेपालीलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई ज्यान मार्ने उद्योग मुद्दामा गत असार ८ गतेदेखि अनुसन्धानका लागि हिरासत कक्षमा राखिएको थियो।

उनीहरू भागेपछि प्रहरी प्रमुख उपरीक्षक सुधिर राज शाहीको कमाण्डमा खटिएको टोलीले नजिकैका दुई जंगलबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बोहोराले जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार