दार्चुलाका २ पालिकामा आइतवार सार्वजनिक बिदा

धनगढी। दार्चुलाका २ पालिकामा आइतवार सार्वजनिक बिदा दिइएको छ।

दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले सूचना निकालेर आइतवार असार १७ गते सार्वजनिक बिदा दिने सूचनामार्फत जनाएका हुन्।

Seti Hospital

जिल्लाको प्रमुख धार्मिक पर्यटकीय स्थल मालिकार्जुन धाममा हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन मालिकार्जुन देवताको पुजन जात्रा लाग्ने गर्दछ। सोही जात्राको अवसरमा सार्वजनिक बिदा दिइएको पालिकाहरुले जनाएका छन्। सार्वजनिक बिदाका दिन पालिकाभरी रहेका सबै सरकारी कार्यालय बन्द रहने सूचनामा उल्लेख छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार