सकार बैतडीको पहिलो पोषणमैत्री स्वास्थ्यचौकी घोषणा

बैतडी । सकार स्वास्थ्यचौकीलाई पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । जिल्लाको पाटन नगरपालिका–१ को सकार स्वास्थ्यचौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । पोषण स्वास्थ्यका लागि निर्धारण गरिएका १६ वटा सूचक र १० वटा अनिवार्य मापदण्ड पूरा भएकाले उक्त स्वास्थ्यचौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको जनाएको छ ।

स्वास्थ्यकर्मीले तालिम लिएको, स्वास्थ्य संस्थामा पानीको व्यवस्थापन भएको, आवश्यक उपकरण भएको, औषधि र पोषणका लागि चाहिने भिटामिन ए, बालभिटा र जुकाको औषधि पर्याप्त मात्रामा भएकोलगायत स्वास्थ्य मन्त्रालयले तोकेका मापदण्ड पूरा गरेकाले उक्त स्वास्थ्यचौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगशप्रसाद भट्टले बताए ।

Dengue

घोषणा कार्यक्रममा पाटन नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य कार्यालय प्रमुख, वडाध्यक्ष, स्वास्थ्यकर्मीलगायत स्थानीय नागरिकको सहभागिता थियो । रासस

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार