आज देशभर बकर इद मनाइँदै

काठमाडौँ: मुस्लिम धर्मालम्बीहरु आज धुमधामका साथ बकर ईद अर्थात् ईदजोहा पर्व मनाइरहेका छन्। मुस्लिम समुदायको घर–दैलोमा ईदको रौनक भित्रिएको छ । यो उनीहरुको दोस्रो महान पर्व हो ।

सो धर्मालम्बीहरुले ईदपछिको ठूलो पर्व बकरिदमा कुर्वानी गर्ने अर्थात् बलिदानीको पर्वका रुपमा मनाउने गर्छन्। इस्लाम पात्रो हिजारी संवत अनुसार नयाँ वर्षको जुल हिज्जा महिनाको दशौं दिनमा यो पर्व मनाइन्छ ।

Dengue

इदुल फित्र अर्थात रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक परम्परा छ । ईदलाई उनीहरुले आत्मशुद्धिका लागि मनाउने गर्छन् ।

पर्व मनाउनुअघि उनीहरु बिहानै नुहाई–धुवाई गर्छन् । शरीरलाई शुद्ध बनाउँछन् । त्यसपछि नयाँ वस्त्रधारण गर्छन् । यसरी शुद्ध भइसकेपछि मस्जिदमा पुग्छन् र नमाज पढ्छन् । त्यसपछि एकअर्कामा अंकलमा गर्दै शुभकामना आदनप्रदान गर्छन् ।

बकर ईदका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार